ग्रिसमा १४ मानिस सवार मालवाहक जहाज डुब्यो
एथेन्स । चौध मानिस सवार कोमोरोस–ध्वजाङ्कित एउटा मालवाहक जहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको ग्रिसका तटरक्षकहरूले आइतबार बताएका छन् ।
एर्ट सरकारी टेलिभिजनले नौसेनाको एउटा हेलिकप्टरले चालक दलका एक सदस्यलाई उठाएको बताएको छ । पाँच मालवाहक जहाज, तीन तट रक्षक जहाज, हवाई सेना र नौसेनाका हेलिकप्टरका साथै नौसेनाको एउटा फ्रिगेट उद्धार कार्यमा सहभागी भएका छन् ।
सरकारी एथेन्स समाचार एजेन्सी (एएनए) का अनुसार मालवाहक जहाजमा चालक दलका १४ सदस्य थिए र जहाज नुनले भरिएको थियो । तट रक्षक बललाई उद्धृत गर्दै एएनएले आइतबार बिहान जहाज लेस्बोसको दक्षिण–पश्चिममा समुद्रमुनि आठ दशमलव तीन किलोमिटर तल गएको बताएको छ ।
उक्त जहाज इजिप्टको देखेइलाबाट इस्तानबुलतर्फ प्रस्थान गरेको थियो । चालक दलका सदस्यहरूमा दुई सिरियाली, चार भारतीय र आठ इजिप्टेली रहेको एएनएले बताएको छ ।
शनिबार ग्रिसका कयौँ भागमा जहाज बन्दरगाहमा थिए र हावाको गति नौदेखि १० थियो जुन ब्युफोर्ट स्केलमा आँधीबेहरी शक्तिका लागि ठूलो आँधी हो । आँधी ओलिभर (यसलाई बेटिना पनि भनिन्छ) एड्रियाटिक सागरबाट ग्रिसतर्फ बढेका कारण हेलेनिक राष्ट्रिय मौसम विज्ञान सेवा (इएमवाई) ले आपत्कालीन मौसम चेतावनीलाई शनिबार ‘खराब मौसम’ बाट ‘खतरनाक मौसम घटना’ मा अपग्रेड गरेको थियो ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण