आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सर्वोत्तम सिमेन्टको कट अफ प्राइस ४०१ रुपैयाँ तोकियो, बुक बिल्डिङमा अब सर्वसाधरणले कति तिर्नुपर्छ ?

सोमबार, ११ मङ्सिर २०८०, १२ : ३८
सोमबार, ११ मङ्सिर २०८०

काठमाडौं । नेपालमा पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपीओ जारी भएको सर्वोत्तम सिमेन्टको कट अफ प्राइस ४०१ रुपैयाँ तोकिएको छ । योग्य संस्थापक लगानीकर्ताले पेश गरेको बोलपत्रका आधारमा कम्पनीको प्रस्तावित सेयर मूल्यको कट अफ प्राइस ४०१ रुपैयाँ निर्धारण भएको हो । 

४१ वटा योग्य संस्थापक लगानीकर्ताले ३६ लाख कित्ताका लागि बोलपत्र पेश गरेका थिए । जसमध्येबाट प्रस्तावित बोलपत्रका आधारमा कट अफ प्राइस तय गरिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

सर्वसाधारण लगानीकर्ताहरुमा आईपीओ जारी गर्दा उक्त कट अफ प्राइसबाट कम्तीमा १० प्रतिशत घटाएर जानुपर्ने कानुनी व्यवस्था छ । यसो हुँदा अब सर्वोत्तम सिमेन्टको आईपीओ सर्वसाधारणमा प्रतिकित्ता करिब ३६१ रुपैयाँ (३६०.९ रुपैयाँ) मा जारी हुनेछ । 

कम्पनीले पहिलो चरणमा मंसिर ६ गतेदेखि मंसिर १० गतेसम्म योग्य संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता सेयर बोलकबोल खुला गरेको थियो । बोलकबोलका प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको थियो । 

संस्थागत लगानीकर्ताले सोही सीमाभित्र रहेर बोलपत्र पेश गरेका थिए । जसमा ३६ लाख कित्ताका लागि बोलपत्र पेश भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप