अनेरास्ववियूले बाँड्यो भूकम्प प्रभावित ७ विद्यालयमा शैक्षिक सामग्री
जाजरकोट । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले जाजरकोटका भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । अनेरास्ववियूले जिल्लाका विभिन्न ७ विद्यालयका करिब १ हजार विद्यार्थीलाई अत्यावश्यकीय शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।
भूकम्प प्रभावित विद्यालय पन्छाउन र नयाँ अस्थायी टहरा निर्माणका निम्ति जाजरकोट पुगेको अखिलको टोलीले प्रभावित विद्यार्थीहरुलाई न्यानो कपडा, झोला, कापि, कलम र पेन्सील लगायतका शैक्षिक सामग्री उपलब्ध गराएको हो ।
अनेरास्ववियूकी केन्द्रीय अध्यक्ष आरती लामाले भूकम्पमा अभिभावक गुमाएका र विपन्न समुदायका विद्यार्थीका लागि राहत पुगोस् भन्ने उद्देश्यले यसरी सहयोग गरिएको जानकारी दिइन् ।
अध्यक्ष लामाले भनिन्, ‘भूकम्पका कारण शैक्षिक भविष्य जोखिममा परेका विद्यार्थीलाई सहयोग गर्ने मुल उद्देश्य बोकेर हामी यहाँ आएका हौँ । यिनै विद्यार्थीलाई सहयोग गर्न भनेरै हामीले राजधानीमा देउसी र भैलो आयोजना गरेका थियौं । देउसीबाट जुटेको रकमबाट भूकम्प प्रभावित बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्न पाउँदा असाध्यै खुसी लागेको छ ।’
अध्यक्ष लामाको नेतृत्वमा गएको टोलीले केही दिनदेखि भत्किएका घरहरु पन्छाउनेदेखि नयाँ अस्थायी टहरा निर्माण गर्ने लगायतका काम गरिरहेको सो संगठनका केन्द्रीय कार्यालय सदस्य नरेश न्यौपानेले बताए ।
न्यौपानेका अनुसार अनेरास्ववियूले आफ्नो पार्टी नेकपा (एकीकृत समाजवादी) जाजरकोट जिल्ला कमिटी र स्थानीय प्रशासनसँगको समन्वयमा काम अघि बढाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण