मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु
सोमबार, ११ मङ्सिर २०८०, १३ : ४०
महोत्तरी । महोत्तरीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । जलेश्वर नगरपालिका-१२ थरुवाहीस्थित मामाघर आएका धनुषा जनकपुर उपमहानगरपालिका-७ बस्ने रामेश्वर महतोको छोरा १५ वर्षीय रोहित महतोको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो ।
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय हेलिकप्टरले हाम्रो आकाश प्रयोग गरेको बारेमा मौखिक कुरा गरेका छौँ : प्रजिअ दार्चुला
-
उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु
-
परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै
-
परराष्ट्रमन्त्रीको भनाइबारे एमालेले माग्यो जवाफ
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण