क्रिकेटर अविनाष बोहराले गरे प्रतिज्ञा खनालसँग ‘इन्गेजमेन्ट’
काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका बलर अविनाष बोहरा लगन गाँठोमा कसिने भएका छन् । २६ वर्षीय मध्यम तेज गतिका बलर अविनाषले सोमबार प्रतिज्ञा खनालसँग ‘इन्गेजमेन्ट’ गरेका हुन् ।
अविनाष राष्ट्रिय टोलीका प्रभावशाली बलर हुन् । उनले नेपाली राष्ट्रिय टोलीबाट ४८ वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर ६४ विकेट लिइसकेका छन् । उनले टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिताको एउटै खेलमा केवल ११ रन दिएर ६ विकेट लिएका छन् ।
अविनाषले देशका लागि दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन् । उनले सन् २०२० को फेब्रुअरी ५ मा कीर्तिपुर मैदानमा ओमानविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए ।
अविनाषले ‘इन्गेजमेन्ट’ गरेको समाचार बाहिरिएपछि समर्थकहरुलाई सामाजिक सञ्जालमार्फत उनलाई बधाइ दिएका छन् । प्राप्त समाचारअनुसार, प्रतिज्ञा अस्ट्रेलियाको सिड्नीमा बस्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण