चार महिनामा २ अर्ब बढीको अलैँची निर्यात
सोमबार, ११ मङ्सिर २०८०, १७ : ४३
काठमाडौँ । नेपालले चार महिनामा २ अर्ब १५ करोड ६० लाख ९५ हजार रुपैयाँको अलैँची निर्यात गरेको छ । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कार्तिकमा १७ लाख ३७ हजार १ सय १० किलो अलैँची निर्यात भएको हो । जुन गत वर्षको तुलनामा झन्डै १९ करोड रुपैयाँले बढी भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
गत आर्थिक वर्षको चार महिनामा १ अर्ब ९६ करोड २५ लाख ९३ हजार रुपैयाँ बराबरको २४ लाख ४१ हजार १ सय ९९ किलो अलैंची निर्यात भएको थियो । नेपाली अलैंचीको बजार भारत र पाकिस्तान हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण