बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

चार महिनामा २ अर्ब बढीको अलैँची निर्यात

सोमबार, ११ मङ्सिर २०८०, १७ : ४३
सोमबार, ११ मङ्सिर २०८०

काठमाडौँ । नेपालले चार महिनामा २ अर्ब १५ करोड ६० लाख ९५ हजार रुपैयाँको अलैँची निर्यात गरेको छ । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कार्तिकमा १७ लाख ३७ हजार १ सय १० किलो अलैँची निर्यात भएको हो । जुन गत वर्षको तुलनामा झन्डै १९ करोड रुपैयाँले बढी भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । 

गत आर्थिक वर्षको चार महिनामा १ अर्ब ९६ करोड २५ लाख ९३ हजार रुपैयाँ बराबरको २४ लाख ४१ हजार १ सय ९९ किलो अलैंची निर्यात भएको थियो । नेपाली अलैंचीको बजार भारत र पाकिस्तान हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप