सदस्य–सचिव घिसिङलाई एसिया रग्बीको प्रतिष्ठित सेवा पुरस्कार
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलाई एसिया रग्बीले प्रतिष्ठित सेवा पुरस्कारबाट सम्मान गरेको छ । नेपाल रग्बी संघका पूर्व अध्यक्ष समेत रहेका घिसिङलाई उनको कार्यकालमा नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनिय योगदान पु-याएवापत सम्मान गरिएको हो ।
उज्वेकिस्तानको तास्केन्टमा भएको एसिया रग्बी अवार्ड कार्यक्रममा सदस्य–सचिव घिसिङलाई अवार्ड प्रदान गरिएको थियो ।
सदस्य–सचिव घिसिङ एसिया रग्बीका कार्यकारी सदस्य पनि हुन् । सदस्य–सचिव घिसिङ २०१२ मा नेपाल रग्बी संघको अध्यक्षमा निर्वाचित भएएता २०२१ सम्म अध्यक्षको जिम्मेवारीमा थिए । २ वर्षअघि उनी राखेप सदस्य–सचिवमा नियुक्त भएपछि अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।
उनको कुशल नेतृत्वमा नेपाली रग्बीले विश्वव्यापी मान्यता पाएको थियो । सन् २०१८ मा नेपालले एसिया रग्बीको पूर्ण सदस्यता तथा सन् २०२० मा विश्व रग्बीको एसोसिएत मेम्बर प्राप्त गर्दा सदस्य–सचिव घिसिङको महत्वपूर्ण भुमिका थियो । उनकै महत्वपूर्ण भुमिकामा नेपालले यसै वर्ष विश्व रग्बीको पूर्ण सदस्यता पाएको थियो ।
सन् २०१९ मा एसिया रग्बीको सदस्यमा निर्वाचित भएपछि सदस्य–सचिव घिसिङ खासगरी दक्षिण एसियालाई केन्द्रमा राखेर एसियामा रग्बीको विकास र विस्तारमा निरन्तर कृयाशील रहँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण