शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिलाहरुलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा आरक्षणको व्यवस्था गर्नुपर्छ : उपसभामुख राना

सोमबार, ११ मङ्सिर २०८०, १७ : ५४
सोमबार, ११ मङ्सिर २०८०

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले महिलाहरुलाई प्रत्यक्ष निर्वाचनमा लड्नका लागि आरक्षणको व्यवस्था गर्नुपर्ने बताएकी छन् । 

सोमबार ललितपुरमा आयोजित ‘महिला तथा बालिकाविरुद्ध हुने हिंसा रोक्न लगानी गरौँ’ विषयक अन्तरक्रियामा बोल्दै उनले महिलाहरुलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा आरक्षणको व्यवस्था गर्नुपर्ने बताएकी हुन् । उनले महिला–महिलाहरुको बिचमा प्रतिस्पर्धा गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । उनले महिलाहरुलाई निर्वाचनमा लड्नका लागि बजेट नै छुट्याउनुपर्ने पनि बताइन् । 

उपसभामुख रानाले महिला सांसदहरु धेरै समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका बताउँदै समानुपातिक सांसदहरुलाई होच्याउने काम भएको बताइन् । उनले महिलाहरुलाई राजनीतिको निर्णायक ठाउँमा पुर्‍याउनुपर्ने पनि बताइन् ।

उपसभामुख रानाले महिलाहरुलाई विश्वविद्यालय तहसम्म निःशुल्क पढ्ने व्यवस्था मिलाउनुपर्ने बताइन् । बालिकाहरुले बिचमै विद्यालय छोड्ने दर बढिरहेको भन्दै उनले यसप्रति पनि ध्यान पुर्‍याउनुपर्ने बताइन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप