शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जीतपुर सिमरा उपमहानगरलाई सामाजिक सुरक्षा कोषको सम्मान

सोमबार, ११ मङ्सिर २०८०, १९ : २३
सोमबार, ११ मङ्सिर २०८०

बारा । जीतपुरसिमरा उपमहानगरपालिकालाई सामाजिक सुरक्षा कोषले  सम्मान गरेको छ । छैटौँ सामाजिक सुरक्षा दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा कोषले नगरप्रमुख राजन पौडेलमार्फत उपमहानगरपालिकालाई सम्मान गरेको हो ।

सामाजिक सुरक्षा योजनालाई पालिका स्तरमा कार्यान्वयन तथा अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई पालिकाबाट सह–योगदान समेत गर्ने गरी सम्झौता गरेको भन्दै कोषले सम्मान गरेको हो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहानगरपालिकाका नगर प्रमुख पौडेललाई सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, सामाजिक सुरक्षा कोषका सञ्चालक समिति अध्यक्ष केवलप्रसाद भण्डारी, कोषका कार्यकारी निर्देशक कविराज अधिकारीलगायत सहभागी थिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको रहेको सामाजिक सुरक्षा कोषले सिमरामा मधेस प्रदेश स्तरीय कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आएको छ । कोषले १ वर्षअघि कार्यालय खडा गरेर ८६५ जना रोजगारदाता र २३ हजार ६६६ जना योगदानकर्ता श्रमिकहरूलाई कोषमा आबद्ध गरेको छ । छैटौँ वर्षमा प्रवेश गरेको  सामाजिक सुरक्षा कोषले औपचारिक क्षेत्रलाई  अनिवार्य कोषमा आबद्ध हुनुपर्ने व्यवस्था गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप