जीतपुर सिमरा उपमहानगरलाई सामाजिक सुरक्षा कोषको सम्मान
बारा । जीतपुरसिमरा उपमहानगरपालिकालाई सामाजिक सुरक्षा कोषले सम्मान गरेको छ । छैटौँ सामाजिक सुरक्षा दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा कोषले नगरप्रमुख राजन पौडेलमार्फत उपमहानगरपालिकालाई सम्मान गरेको हो ।
सामाजिक सुरक्षा योजनालाई पालिका स्तरमा कार्यान्वयन तथा अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई पालिकाबाट सह–योगदान समेत गर्ने गरी सम्झौता गरेको भन्दै कोषले सम्मान गरेको हो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहानगरपालिकाका नगर प्रमुख पौडेललाई सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, सामाजिक सुरक्षा कोषका सञ्चालक समिति अध्यक्ष केवलप्रसाद भण्डारी, कोषका कार्यकारी निर्देशक कविराज अधिकारीलगायत सहभागी थिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको रहेको सामाजिक सुरक्षा कोषले सिमरामा मधेस प्रदेश स्तरीय कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आएको छ । कोषले १ वर्षअघि कार्यालय खडा गरेर ८६५ जना रोजगारदाता र २३ हजार ६६६ जना योगदानकर्ता श्रमिकहरूलाई कोषमा आबद्ध गरेको छ । छैटौँ वर्षमा प्रवेश गरेको सामाजिक सुरक्षा कोषले औपचारिक क्षेत्रलाई अनिवार्य कोषमा आबद्ध हुनुपर्ने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण