बंगलादेश कबड्डी लिगमा नेपालका ४ खेलाडी
सोमबार, ११ मङ्सिर २०८०, १९ : ३३
ढाका । बंगलादेशको ढाकामा हुने महिला कबड्डी लिगमा नेपालका चार खेलाडीले खेल्ने भएका छन् । चारैले मेघना कबड्डी क्लबबाट खेल्ने अवसर पाएका हुन् ।
बंगलादेश कबड्डी संघको आयोजनामा मङ्सिर १४ देखि २२ गतेसम्म हुने लिगमा अनुजा कुलुङ राई, गंगा घिमिरे, जयन्ती बडु र सिर्जनाकुमारी थारुले खेल्ने छन् । चारै खेलाडी गत असोजमा चीनको हाङझावमा सम्पन्न १९ औँ एसियाली खेलकुदमा नेपालले ऐतिहासिक कांस्य पदक जित्ने टोलीका सदस्य हुन् ।
अफिसियलमा भगवती अधिकारी छिन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव अञ्जन धमला, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुल्सा थापालगायतले सोमबार एक कार्यक्रमबिच बिदाइ गरे । पाँच सदस्यीय टोली मंगलबार बंगलादेश प्रस्थान गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण