चिकित्सा शिक्षा आयोगको ४ निर्देशक पदका लागि २० जनाको आवेदन
मङ्गलबार, १२ मङ्सिर २०८०, ११ : ४२
काठमाडौँ । चिकित्सा शिक्षा आयोगमा रिक्त ४ निर्देशक पदका लागि २० जनाको आवेदन परेको छ ।
निर्देशकका लागि नाम सिफारिस गर्न गठित समितिले गत मंगलबार सूचना प्रकाशन गरेको आधारमा दरखास्त दिनेहरूमा डा गुरु खनाल, डा विजय आचार्य, डा शैल रुपाखेती, डा कृष्ण सागर, डा स्वयमप्रकाश पण्डित, डा पशुपति चौधरी, डा नागेन्द्र साह, डा नीलमणि उपाध्याय, डा अजित खनाल रहेका छन् ।
यस्तै, डा सुरज बज्राचार्य, डा नारायणबिक्रम थापा, डा सुजन मरहट्ठा, डा दिनेश लम्साल, डा वाइपी सिंह, डा सुदिप आचार्य, बन्दना गुरुङ लगायतका छन् ।
आयोगको मापदण्ड तथा प्रत्ययन निर्देशनालय, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन निर्देशनालय बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण