चिकित्सा शिक्षा आयोगको ४ निर्देशक पदका लागि २० जनाको आवेदन
मङ्गलबार, १२ मङ्सिर २०८०, ११ : ४२

काठमाडौँ । चिकित्सा शिक्षा आयोगमा रिक्त ४ निर्देशक पदका लागि २० जनाको आवेदन परेको छ ।
निर्देशकका लागि नाम सिफारिस गर्न गठित समितिले गत मंगलबार सूचना प्रकाशन गरेको आधारमा दरखास्त दिनेहरूमा डा गुरु खनाल, डा विजय आचार्य, डा शैल रुपाखेती, डा कृष्ण सागर, डा स्वयमप्रकाश पण्डित, डा पशुपति चौधरी, डा नागेन्द्र साह, डा नीलमणि उपाध्याय, डा अजित खनाल रहेका छन् ।
यस्तै, डा सुरज बज्राचार्य, डा नारायणबिक्रम थापा, डा सुजन मरहट्ठा, डा दिनेश लम्साल, डा वाइपी सिंह, डा सुदिप आचार्य, बन्दना गुरुङ लगायतका छन् ।
आयोगको मापदण्ड तथा प्रत्ययन निर्देशनालय, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन निर्देशनालय बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन