सामाजिक सञ्जालमार्फत आउने ठगी सम्बन्धीका सूचनाबाट जोगिन राष्ट्र बैंकको अपिल
मङ्गलबार, १२ मङ्सिर २०८०, १६ : २१
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालहरुमार्फत आउने ठगी सम्बन्धी सूचनाहरू पहिचान गर्न र जोगिन सार्वजनिक अपिल गरेको छ ।
ह्वाट्सएप, भाइबर, म्यासेन्जर जस्ता मोबाइल एप प्रयोग गरी इमेल वा फोनबाट विभिन्न किसिमका चिठ्ठा परेको, पुरस्कार जितेको, धन सम्पत्ति वा सुन फेला परेको, अपुताली सम्पत्ति फेला परेको वा छोटो समयमै धेरै प्रतिफल पाइने योजना उपलब्ध भएको जस्ता विभिन्न सन्देशहरुबाट जोगिन बैंकले आग्रह गरेको हो ।
यस्तो सन्देशबाट व्यक्तिलाई प्रलोभनमा पारी उक्त रकम, उपहार वा पुरस्कार प्राप्त गर्न केही रकम पठाउनुपर्ने वा व्यक्तिको खाताको विवरण माग गर्ने गरेको पाइएको भन्दै यस्तो सूचनामा नफस्न राष्ट्र बैंकले सबैलाई सचेत गराएको छ ।
यस्ता घटना नेपालमा मात्र नभई संसारभर नै हुनेगरेको भन्दै राष्ट्र बैंकले आफू सचेत र सजग हुन सबैमा आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण