शनिबार, १२ फागुन २०८०
ताजा लोकप्रिय

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

मङ्गलबार, १२ मङ्सिर २०८०, १६ : ४२
मङ्गलबार, १२ मङ्सिर २०८०

झापा । एक१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक युवक पक्राउ परेका छन् ।  कचनकवल गाउँपालिका-३ बस्ने २० वर्षीय मिलन माझीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । 
ती बालिकालाई माझीले आफ्नै कोठामा गत बिहीबारदेखि पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप