सुन्निएको आँखा, अनुहारमा चोट, के भयो विराट कोहलीलाई ?
नयाँ दिल्ली । भारतका चर्चित क्रिकेटर विराट कोहली विश्वकपमा भारतको हारयता चुपचाप बसिरहेका छन् । अष्ट्रेलियाविरुद्धको टी–२० सीरीजमा उनलाई खेलाइएको छैन । उनी आराम गरिरहेका छन् । यसैबिच विराटले इन्ष्टाग्रामको स्टोरीमा एउटा फोटो शेयर गरेका छन् । यो फोटो देखेर फ्यानहरु पनि अचम्मित भए ।
फोटोमा विराट सुन्निएको आँखा, नाकमा पट्टी र अनुहारभरि चोटैचोटमा देखिएका छन् । यो देखेर उनका केही फ्यानहरुले डराएर ‘सबै ठिक त छ नि ?’ भनेर सोधेका थिए । कोहलीले यस्तो चोटग्रस्त फोटो किन शेयर गरे भन्ने कुराको खुलासा गरेका छैनन् । विराटले यो फोटो स्टोरीमा हालेपछि भने फ्यानहरु चिन्तित भएका थिए । स्टोरीमा उनले लेखेका थिए, ‘’तपाईले दोस्रो व्यक्तिलाई हेर्नु पर्थ्यो ।’
यो कुनै प्र्याङ हो वा होइन ? त्यो दोस्रो व्यक्ति विराटकी पत्नी बलिउड अभिनेत्री हुन् वा अरु कोही ? यसलाई उनले गोप्य राखेका छन् । हालै भएको विश्वकपमा विराटले शानदार प्रदर्शन गरेका थिए । भारतले फाइनलमा हारेपनि कोहलीको व्यक्तिगत प्रदर्शन भव्य थियो । पछिल्लो विश्वकपमा विराटले ११ खेलमा ७६५ रन बनाएर नयाँ विश्व रेकर्ड बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण