फिल्म निर्देशक निकेशले प्रेमिका अन्विशासँग गरे विवाह
मङ्गलबार, १२ मङ्सिर २०८०, १८ : ३०
काठमाडौँ । फिल्म निर्देशक निकेश खड्का वैवाहिक जीवनमा बाँधिएका छन् । उनले मंगलबार काठमाडौँ बत्तीसपुतलीस्थित राम मन्दिरमा प्रेमिका अन्विशा खड्गीसँग विवाह गरेका हुन् ।
विवाह समारोहमा दुबैतर्फका आफन्त र सीमित साथीभाइको सहभागिता रहेको थियो । उनीहरूले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
राताेपुल घर भएकी अन्विशा विद्यार्थी हुन्, उनी फिल्म अध्ययन गरिरहेकी छन् । निकेश सितापाईला निवासी हुन् । थुप्रै म्युजिक भिडियो निर्देशन गरेका निकेशले ‘जिन्दगी रक्स´, ‘फाटेको जुत्ता’, ‘चपलीहाइट ३’ फिल्म निर्देशन गरेका छन् । उनीहरूकाे रिसेप्सन पार्टी भने आगामी शनिबार राखिएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण