एमालेको सङ्कल्प यात्राका लागि मधेस प्रदेशमा तयारी बैठक सम्पन्न
काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटीद्वारा मङ्सिर १४ गतेदेखि सञ्चालन हुने ‘झुलाघाट-चिवाभन्ज्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारीका लागि मधेस प्रदेश कार्यालयको आयोजनामा आज तयारी बैठक जनकपुरमा सम्पन्न भएको छ ।
बैठकले मङ्सिर २६ गते उदयपुरको घुर्मीमा हुने जनसभामा मधेस प्रदेशबाट व्यापक जनसहभागिता गराउने निर्णय गरेको छ । त्यसका साथै बैठकले केही महत्त्वपूर्ण निर्णय समेत गरेको एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलले जानकारी दिए । मधेस प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा र पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यमा र पोलिटब्युरो सदस्य अच्युत मैनालीको विशेष आतिथ्यमा सम्पन्न भएको थियो ।
बैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्य, जिल्ला अध्यक्ष,जनसङ्गठनका सदस्यहरूको उपस्थिति रहेको थियो । बैठकको सहजीकरण सचिव मनोज पौडेल र स्वागत उपाध्यक्ष विचारी यादवले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि...
-
स्वास्थ्य मन्त्री र अमेरिकी कार्यवाहक राजदूतबिच शिष्टाचार भेटवार्ता
-
प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म विपक्षीले सदन चल्न नदिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण