आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको सङ्कल्प यात्राका लागि मधेस प्रदेशमा तयारी बैठक सम्पन्न

मङ्गलबार, १२ मङ्सिर २०८०, १९ : ५३
मङ्गलबार, १२ मङ्सिर २०८०

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटीद्वारा मङ्सिर १४ गतेदेखि सञ्चालन हुने ‘झुलाघाट-चिवाभन्ज्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारीका लागि मधेस प्रदेश कार्यालयको आयोजनामा आज तयारी बैठक जनकपुरमा सम्पन्न भएको छ ।

बैठकले मङ्सिर २६ गते उदयपुरको घुर्मीमा हुने जनसभामा मधेस प्रदेशबाट व्यापक जनसहभागिता गराउने निर्णय गरेको छ । त्यसका साथै बैठकले केही महत्त्वपूर्ण निर्णय समेत गरेको एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलले जानकारी दिए ।  मधेस प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा र पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यमा र पोलिटब्युरो सदस्य अच्युत मैनालीको विशेष आतिथ्यमा सम्पन्न भएको थियो ।

बैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्य, जिल्ला अध्यक्ष,जनसङ्गठनका सदस्यहरूको उपस्थिति रहेको थियो । बैठकको सहजीकरण सचिव मनोज पौडेल र स्वागत उपाध्यक्ष विचारी यादवले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप