सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसुमाथि कुटपिट
बुटवल । सुत्केरी मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरूले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि कुटपिट गरेका छन् ।
मंगलबार दोस्रो बच्चा सुत्केरी गराउने क्रममा अस्पतालमा आएकी गुल्मी ठुलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको मृत्यु भएसँगै विवाद बढेपछि मृतकका आफन्तहरूले अस्पतालका चिकित्सक मेसु डा बस्यालमाथि हातपात गरेका हुन् । नवजात शिशु भने सकुशल भएको अस्पताल व्यवस्थापनले जनाएको छ ।
लुम्बिनी चिकित्सक सङ्घका सचिव डा सन्तोष पोखरेलले उपचार गर्ने चिकित्सकमाथि हातपात हुनु दुभाग्यपूर्ण भएको बताए । चिकित्सकको सुरक्षाको ग्यारेन्टी नभएसँग आफूहरू उपचार रोकेर विरोध गर्ने बताए ।
कुटपिटबाट घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भैरहेको छ । इलाका प्रहरी कार्यालय बुटवलमा हातपात गर्ने ७ जनालाई नियन्त्रण लिएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सा प्रहरीले पनि हटाउन थाल्यो सवारी साधनको कालो सिसा
-
दयाहाङ र मिरूनाकाे ‘रातो घेरा’ मुहूर्त, अर्को सातादेखि छायाङ्कन
-
बुटवल–नारायणगढ सडकको सर्भिस लेनमा धमाधम कालोपत्रे, तस्बिरहरू
-
नागार्जुन क्षेत्रमा ४६ मिलिमिटर वर्षा, केही ठाउँ जलमग्न
-
नेपाल–चीन लगानी सम्मेलन सम्पन्न
-
पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण