रुसी सेनामा भर्ती भएका ४ नेपालीको मृत्यु
काठमाडौँ । रुसी सेनामा भर्ती भएका ४ जना नेपालीको भिडन्तमा मृत्यु भएको छ । युक्रेन–रुस युद्धमा परी उनीहरुको मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार मृत्यु हुनेहरूमा इलामका गंगाराज मोक्तान, गोरखाका सन्दीप थपलिया, स्याङ्जाका प्रितम कार्की र दोलखाका राजकुमार रोक्का रहेका छन् । तीमध्ये तीन जनाको हालैको भिडन्तमा मृत्यु भएको हो ।
यस्तै थपलियाको ११ महिनाअघि नै मृत्यु भएको थियो । दूतावासले मृतक तीन जनाको परिवारसँग सम्पर्क गर्न गत शुक्रबार काठमाडौँ त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेको छ । जसको बोधार्थ परराष्ट्र मन्त्रालय र युरोप–अमेरिका महाशाखालाई दिइएको छ । उक्त पत्रमा रुसी सेनाले टेलिग्राममार्फत मृत्युको जानकारी दिएको उल्लेख गरिएको छ ।
पछिल्लो समय रुसी सेनामा भर्ती हुनेको संख्या बढिरहेको बताइन्छ । रुसी सेनामा भर्ती कार्य गैरकानुनी भएपनि नेपाली युवाहरुको आकर्षण बढिरहेको हो ।
परराष्ट्र मन्त्रालयले पत्र पाए पनि युद्धमा नेपाली मारिएको विषयमा कुनै औपचारिक जानकारी दिइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण