मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
रुस युक्रेन युद्ध

भाइटिकाकै दिन भएको थियो रुसमा तीन नेपालीको मृत्यु

बुधबार, १३ मङ्सिर २०८०, १२ : २८
बुधबार, १३ मङ्सिर २०८०

काठमाडौँ । रुसी सेनामा भर्ना भएका तीन जना नेपालीको मृत्यु भएको पाइएको छ । मस्कोस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागलाई पठाएको पत्रमा रुसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु भएको जनाएको हो ।

दूतावासका अनुसार १५ नोभेम्बर २०२३ (कात्तिक २९ गते) मा स्याङ्जाका पितम कार्की, दोलखाका राज कुमार रोका र इलामका गङ्गाराज मोक्तानको मृत्यु भएको हो । 

भाइटिकाकै दिन उनीहरूको मृत्यु भएको पाइएको हो । रुसी सेनाबाट मेडिकल डेथ सर्टिफिकेट प्राप्त भएको र उनीहरूको परिवारसँग समन्वय गर्न भन्दै विभागलाई पत्राचार गरेको थियो । 

दूतावासले मङ्सिर ८ गते विभागलाई पत्र पठाउँदै मृतकहरूको शव व्यवस्थापनका लागि परिवारसँग समन्वय गर्न अनुरोध हो । दूतावासको पत्रको आधारमा परिवारसँग सम्पर्क गरिएको र शव व्यवस्थापनको काम भइरहेको विभागका महानिर्देशक प्रकाशमणि पौडेलले जानकारी दिए । 

रुस–युक्रेन युद्धको क्रममा हालसम्म चार नेपालीको मृत्यु भएको दूतावासले जनाएको छ । यसअघि गोरखाका सन्दीप थपलियाको समेत मृत्यु भएको थियो । थपलिया असार २९ गते युक्रेनको बाखमुतमा युक्रेनी सेनाको कारबाहीमा मारिएका थिए । 

परिवारसँग सम्पर्क भएपछि तीनै जनाको डेथबडी ल्याउने गृहकार्य अघि बढेको छ । त्यसका लागि दूतावासले नै समन्वय गरेर अघि बढिरहेको छ । 

परराष्ट्र मन्त्रालयका अधिकारीहरूले यो विषयमा सरकारले आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ । मन्त्रालयका एक अधिकारीले छिट्टै यस विषयमा सरकारले आधिकारिक रूपमा जानकारी गराउने जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप