भाइटिकाकै दिन भएको थियो रुसमा तीन नेपालीको मृत्यु
काठमाडौँ । रुसी सेनामा भर्ना भएका तीन जना नेपालीको मृत्यु भएको पाइएको छ । मस्कोस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागलाई पठाएको पत्रमा रुसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु भएको जनाएको हो ।
दूतावासका अनुसार १५ नोभेम्बर २०२३ (कात्तिक २९ गते) मा स्याङ्जाका पितम कार्की, दोलखाका राज कुमार रोका र इलामका गङ्गाराज मोक्तानको मृत्यु भएको हो ।
भाइटिकाकै दिन उनीहरूको मृत्यु भएको पाइएको हो । रुसी सेनाबाट मेडिकल डेथ सर्टिफिकेट प्राप्त भएको र उनीहरूको परिवारसँग समन्वय गर्न भन्दै विभागलाई पत्राचार गरेको थियो ।
दूतावासले मङ्सिर ८ गते विभागलाई पत्र पठाउँदै मृतकहरूको शव व्यवस्थापनका लागि परिवारसँग समन्वय गर्न अनुरोध हो । दूतावासको पत्रको आधारमा परिवारसँग सम्पर्क गरिएको र शव व्यवस्थापनको काम भइरहेको विभागका महानिर्देशक प्रकाशमणि पौडेलले जानकारी दिए ।
रुस–युक्रेन युद्धको क्रममा हालसम्म चार नेपालीको मृत्यु भएको दूतावासले जनाएको छ । यसअघि गोरखाका सन्दीप थपलियाको समेत मृत्यु भएको थियो । थपलिया असार २९ गते युक्रेनको बाखमुतमा युक्रेनी सेनाको कारबाहीमा मारिएका थिए ।
परिवारसँग सम्पर्क भएपछि तीनै जनाको डेथबडी ल्याउने गृहकार्य अघि बढेको छ । त्यसका लागि दूतावासले नै समन्वय गरेर अघि बढिरहेको छ ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूले यो विषयमा सरकारले आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ । मन्त्रालयका एक अधिकारीले छिट्टै यस विषयमा सरकारले आधिकारिक रूपमा जानकारी गराउने जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण