राजधानीबाट नक्कली नोटसहित एक जना पक्राउ
बुधबार, १३ मङ्सिर २०८०, १३ : १५
काठमाडौं । राजधानीबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३१ शंखमुलबाट १ हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ सहित धादिङ गजुरी गाउँपालिका-४ घर भई काठमाडौं शंखमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
उक्त ठाउँस्थित खाजा घरमा नक्कली जस्तो देखिने नोट बोकेको मानिस रहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले चेपाङलाई तलासी गर्दा उनको साथबाट उक्त नोट फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण