शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘दुखी आत्मा’ बनाउँदै दीपेन्द्र, मुख्य भूमिकामा दयाहाङ

बुधबार, १३ मङ्सिर २०८०, १४ : ३८
बुधबार, १३ मङ्सिर २०८०

काठमाडौँ । लेखक तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने नयाँ फिल्मको नाम ‘दुखी आत्मा’ राखिएको छ । ‘नाङ्गो गाउँ’ कै ब्यानर क्लक वर्क क्रिएसन्स र हिमाल कडरिया निर्माता रहेको फिल्मको मुख्य भूमिकामा अभिनेता दयाहाङ राई अनुबन्धित भइसकेका छन् । 

हाल स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको ‘दुखी आत्मा’ निर्देशक लामा र निर्माता कडरियाबीच ‘नाङ्गो गाउँ’ पछि दोश्रो सहकार्य हुन लागेको हो । ‘नाङ्गो गाउँ’ को सफलतासँगै निर्माता कडरियाले निर्देशक लामाकै लेखन, निर्देशनमा एउटा बेनामे र अर्को ‘नाङ्गो गाउँ–२’ गरी दुई फिल्म निर्माण गर्ने घोषणा गरेका थिए । अहिले आएर फिल्मको नाम ‘दुखी आत्मा’ तय भएको हो ।

०८० को अन्त्यतिरबाट छायाङ्कन सुरु गरिने फिल्मका अभिनेत्री लगायत अन्य कलाकार तथा प्राविधिक चयन कार्य बाँकी छ । काठमाडौँमै खिचिने फिल्म सोसियल कमेडी जनराको हुने जानकारी निर्देशक लामाले दिए ।

निर्देशनको हिसाबले ‘दुखी आत्मा’ निर्देशक लामाको छैटौँ फिल्म हो । यसअघि उनले ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ निर्देशन गरेका छन् ।

‘बाहिर हामी सबैको मुहार हँसिलो देखिए पनि भित्रभित्रै कति दुखी भइरहेका हुन्छौँ, त्यही अवस्थालाई प्रतिकात्मक रूपमा पर्दामा उतार्न खोज्दैछौं,’ निर्देशक लामाले भने ।

अभिनेता दयाहाङ र निर्देशक दीपेन्द्रको ‘घामपानी’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ पछि चौथो पटक ‘दुखी आत्मा’ मा सहकार्य हुन लागेको हो । फिल्मको वितरण पनि आरआर फिल्मस्ले गर्नेछ । 

फिल्मको प्रदर्शन मिति छायाङ्कन सुरुसँगै सार्वजनिक गरिने जानकारी निर्माता कडरियाले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप