युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना
स्पेन । साइबर आक्रमणहरूमा वृद्दि हुँदै गएको र यसले राजनीतिक प्रणालीमा खलल पुर्याउने खतरा रहेको चेतावनी दिँदै गुगलले बुधबार युरोपमा आफ्नो सबैभन्दा ठूलो साइबर सुरक्षा केन्द्र खोलेको छ ।
सिलिकन भ्याली फर्मले नीति निर्माताहरूसँग एक वर्षको कुराकानीपछि दक्षिणी स्पेनी शहर मालागामा नयाँ केन्द्र खोलेको बताएको छ । युरोपेली सङ्घ र गुगल दुवैले युक्रेनको युद्धले लोकतन्त्रलाई अस्थिर पार्न साइबर उपकरणहरू कसरी प्रयोग गर्न सकिन्छ भन्ने देखाएको चेतावनी दिएका छन् ।
गुगलका अन्तर्राष्ट्रियमामिला प्रमुख केन्ट वाकरले गत वर्ष साइबर आक्रमण ३८ प्रतिशतले बढेको र ‘आक्रामक बन्दै गएको’ बताएका छन् । उनले भने, “हामीले अन्तर्राष्ट्रिय स्तरमा मिलेर काम गर्न आवश्यक छ ।”
युरोपेली संसदकी उपाध्यक्ष दिता चरन्जोभाले एक भिडियो सम्बोधनमा हरेक दिन अनुमानित दुई लाख ३० हजार वटा दुर्भावनापूर्णरूपमा स्थापित सफ्टवेयर डाउनलोड भइरहेको बताएका छन् । “हामीलाई कुनै शङ्का छैन कि युरोपेली चुनाव गलत सूचना र साइबर हस्तक्षेपको निशाना बन्नेछ,” उनले भने ।
म्युनिख र डबलिनमा साइबर सुरक्षा केन्द्र रहेको गुगलले आफ्नो मालागा साइटमा साइबर खतरासँग जुध्नका लागि उपकरण निर्माण गर्ने विज्ञहरू राख्ने बताएको छ । यसले सरकारी अधिकारी, कम्पनी र गैरसरकारी संस्थालाई तालिम दिन पनि मद्दत गर्नेछ । फर्मले आफ्नो साइबर सुरक्षा शस्त्रागार निर्माण गर्न वर्षौं बिताएको छ ।
यसले एक दशक अघि मलागामा आधारित ‘स्टार्टअप भाइरसटोटल’लाई अधिग्रहण गरेको थियो र फर्मले अहिले विश्वको सबैभन्दा ठूलो मालवेयर डाटाबेसमध्ये एक भएको दावी गनेगरेको छ ।
गत वर्ष उसले अमेरिकी साइबर सुरक्षा फर्म ‘म्यान्डियन्ट’लाई पाँच अर्ब डलरभन्दा बढीमा किनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण