एनएमबि बैंकले लाभांश नबाँड्ने
बिहीबार, १४ मङ्सिर २०८०, ११ : ५१
काठमाडौँ । एनएमबी बैंकले यो वर्ष लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य नाफा सञ्चित गर्ने भन्दै लाभांश वितरण नगर्ने भएको हो ।
नेपाल स्टक एक्सचेन्जलाई एनएमबीले यो वर्ष लगानीकर्तालाई लाभांश वितरण नगर्ने जानकारी दिएको छ । बुधवार बसेको कम्पनीको ४५८औँ सञ्चालक समितिले यस्तो निर्णय गरेको जनाइएको छ ।
कम्पनीको सञ्चालक समितिको यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट र आगामी साधारण सभाबाट पारित हुनुपर्ने छ । बैंकले अघिल्लो आर्थिक वर्षमा लगानीकर्तालाई ८.२५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण