आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशका प्रहरीले ड्युटीको समयमा मोबाइल चलाउन नपाउने

बिहीबार, १४ मङ्सिर २०८०, १४ : ३८
बिहीबार, १४ मङ्सिर २०८०

सुर्खेत ।  कर्णाली प्रदेश र मातहतका प्रहरी कर्मचारीहरूले ड्युटी गरिरहेको समयमा मोबाइल चलाउन नपाउने भएका छन्  । आफ्नो टिमको कमान्डरको हकमा भने यो नियम लागु हुने छैन । 

ड्युटी टिममा रहेका कर्मचारीलाई जरुरी भएमा कमान्डरको फोन मार्फत सहजीकरण गरिने छ । सुरक्षा जस्तो संवेदनशील कार्यमा खटिएको कर्मचारीले एक चित्त लगाएर आफ्नो जिम्मेवारी क्षेत्र र विषयमा मात्र ध्यान केन्द्रित गरून्, ड्युटीको समयमा आफ्नो जिम्मेवारी क्षेत्र भित्र प्रभावकारी निगरानी हुन सकोस् र आम नागरिकलाई प्रभावकारी रूपमा सुरक्षा अनुभूति दिलाउन सकियोस् भन्ने उद्देश्यले यो व्यवस्था सुरु गरिएको कुरा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भीम ढकालले बताए ।

यसरी मोबाइल नचलाउँदा सुरक्षा निगरानी प्रभावकारी हुने, अपराध भएमा तत्काल अनुसन्धान सफल हुने सामाजिक सञ्जालको  दुरुपयोगबाट प्रहरी कर्मचारीलाई बचाउन सकिने उनको विश्वास छ ।  यस कार्यले प्रहरी प्रतिको नागरिक विश्वास पनि बढ्ने अपेक्षा गरिएको छ । 

 ड्युटीको समयमा मोबाइल नचलाउन/नबोक्नको लागि कर्णाली प्रदेश प्रहरी कार्यालयले मातहतका सबै जिल्ला, गण, तालिम केन्द्र, इलाका, चौकीसम्म परिपत्र गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप