कर्णाली प्रदेशका प्रहरीले ड्युटीको समयमा मोबाइल चलाउन नपाउने
सुर्खेत । कर्णाली प्रदेश र मातहतका प्रहरी कर्मचारीहरूले ड्युटी गरिरहेको समयमा मोबाइल चलाउन नपाउने भएका छन् । आफ्नो टिमको कमान्डरको हकमा भने यो नियम लागु हुने छैन ।
ड्युटी टिममा रहेका कर्मचारीलाई जरुरी भएमा कमान्डरको फोन मार्फत सहजीकरण गरिने छ । सुरक्षा जस्तो संवेदनशील कार्यमा खटिएको कर्मचारीले एक चित्त लगाएर आफ्नो जिम्मेवारी क्षेत्र र विषयमा मात्र ध्यान केन्द्रित गरून्, ड्युटीको समयमा आफ्नो जिम्मेवारी क्षेत्र भित्र प्रभावकारी निगरानी हुन सकोस् र आम नागरिकलाई प्रभावकारी रूपमा सुरक्षा अनुभूति दिलाउन सकियोस् भन्ने उद्देश्यले यो व्यवस्था सुरु गरिएको कुरा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भीम ढकालले बताए ।
यसरी मोबाइल नचलाउँदा सुरक्षा निगरानी प्रभावकारी हुने, अपराध भएमा तत्काल अनुसन्धान सफल हुने सामाजिक सञ्जालको दुरुपयोगबाट प्रहरी कर्मचारीलाई बचाउन सकिने उनको विश्वास छ । यस कार्यले प्रहरी प्रतिको नागरिक विश्वास पनि बढ्ने अपेक्षा गरिएको छ ।
ड्युटीको समयमा मोबाइल नचलाउन/नबोक्नको लागि कर्णाली प्रदेश प्रहरी कार्यालयले मातहतका सबै जिल्ला, गण, तालिम केन्द्र, इलाका, चौकीसम्म परिपत्र गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण