शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

डडेलधुरा पुगेका ओलीद्वारा देउवालाई फोन– त्यता सबै ठिक छ नि ? (भिडियोसहित)

शुक्रबार, १५ मङ्सिर २०८०, ०८ : ३३
शुक्रबार, १५ मङ्सिर २०८०

काठमाडौँ । झुलाघाट–चिवा भञ्ज्याङ मध्यपहाडी सङ्कल्प यात्राको क्रममा डडेलधुरा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले डडेलधुराबाटै कांग्रेस सभापति शेरबहादुर देउवासँग फोन वार्ता गरेका छन् । 

आज सामाजिक सञ्जालमार्फत फोन वार्ताको सानो अंश सार्वजनिक गर्दै ओलीले डडेलधुरा पुगेपछि देउवाको याद आएर फोन गरेको उल्लेख गरेका छन् । 

सो क्रममा ओलीले आफू डडेलधुरा पुगेको बताएपछि देउवाले गृह जिल्लामा स्वागत छ भनेका थिए । सार्वजनिक भिडियोमा ओलीले देउवासँग काठमाडौँतिरको हालखबर सोधेका छन् । देउवासँग भएको थप कुराकानीबारे ओलीले केही उल्लेख गरेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप