लिभरपुल समूह विजेता बन्दै युरोपा लिगको नकआउट चरणमा
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल समूह विजेता बन्दै युरोपा लिग फुटबलको नकआउट चरणमा पुगेको छ । लिभरपुलले बिहीबार राति सम्पन्न खेलमा अष्ट्रियन क्लब एलएएसकेलाई ४-० गोलको फराकिलो अन्तरले हरायो ।
एनफिल्डमा खेलिएको उक्त खेलमा घरेलु टोली लिभरपुलका लागि कोडी गाक्पोले दुई गोलको योगदान गरे । खेल सुरु भएको १२औँ मिनेटमै लुइस डियाजले पहिलो गोल गरेका थिए । त्यसको तीन मिनेटपछि नै गाक्पोले लिभरपुलको अग्रता दोब्बर बनाएका थिए ।
पहिलो हाफमा २-० ले अगाडि रहेको लिभरपुलले दोस्रो हाफमा पनि दुई गोल थपेको थियो । निर्धारित समयको ५१औँ मिनेटमा मोहमद सलाहले टोलीका लागि तेस्रो गोल थपेका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका थिए ।
दोस्रो हाफको इन्जुरी समयमा गाक्पोले व्यक्तिगत रूपमा दोस्रो गोल थप्दै लिभरपुललाई सहज जित दिलाएका थिए । समूह ‘ई’ मा चार वटै टोलीले पाँच—पाँच खेल खेलिसकेका छन् । १२ अङ्कसहित लिभरपुल पहिलो, आठ अङ्कसहित टोलुसे दोस्रो, पाँच अङ्कसहित युनियन सेन्ट गिलोइस तेस्रो र तीन अङ्कसहित एलएएसके चौथो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण