सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

१० विधामा अवार्ड प्रदान गर्दै सकियो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड

शुक्रबार, १५ मङ्सिर २०८०, १२ : २०
शुक्रबार, १५ मङ्सिर २०८०

काठमाडौँ । विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२३’ सकिएको छ । मलेसियामा आयोजना भएको अवार्डमा मलेसियाका लागि नेपाली राजदूत डिल्ला राज पौडेलले कार्यक्रममा विजेतालाई अवार्ड बाँडेका थिए । 

कार्यक्रममा राष्ट्रिय भावको सर्वोत्कृष्ट गीतकारको अवार्ड ‘देशलाई माया गर’ बाट पुरुषोत्तम बस्नेतले, लोकगीत गीतकारको जुरी अवार्ड ‘जिस्केर मस्केर’ गीतबाट डब्बु क्षत्रीले, लोक तथा दोहोरी गीत सर्वोत्कृष्ट गीतकारको अवार्ड ‘अनाथ’ गीतबाट सागर रेग्मीले जिते ।सोही समारोहमा गायिका नितु पुन, सानु पुलामी मगर (चिन बहादुर)ले, डोलराज बाह्राघरेले, एकेन्द्र साराशँकर, नरेन्द्रले पाए ।

उत्कृष्ट फोटो ग्राफर तथा फोटो पत्रकारको अवार्ड ब्युटी न्युज नेपालका फोटो पत्रकार बद्री थापाले हासिल गरेको अवार्डको निर्णायकमा गायक नवीन कुमार पौडेल र गीतकार शिव पौडेल रहेका थिए । 

सोही समारोहमा लायन सुनकुमारी श्रेष्ठलाई समाजसेवी सम्मान, गीतकार÷गायक÷ कलाकार तथा चलचित्र निर्माता नवराजसँग थापालाई वरिष्ठ कलाकार सम्मान, समाजसेवी रामबहादुर साराशँकरलाई सामाजिक अभियन्ता सम्मान, व्यवसायी दोरन कुमार गौचनलाई युवा व्यवसायी सम्मान, महिला व्यवसायी दीक्षा तुलाचन गौचनलाई महिला व्यवसायी सम्मान प्रदान गरियो । 

मलेसियामा रहेर नेपालीहरूलाई विभिन्न सहयोग गर्दै आएका व्यक्तिहरू पनि कार्यक्रममा सम्मानित भए । यसरी सम्मानित हुनेहरूमा सामाजिक अभियन्ता तथा असल छिमेकी सेवा समाजका अध्यक्ष पूर्ण सुब्बा योङहाङलाई अन्तर्राष्ट्रिय व्यवसायी तथा समाजसेवी सम्मान, गोर्खा रेस्टुरेन्ट रावाङका अध्यक्ष एवम् व्यवसायी, समाजसेवी दुर्गा बहादुर गुरुङ (राज)लाई अन्तर्राष्ट्रिय व्यवसायी तथा समाजसेवी सम्मान, पत्रकार ईश्वर राईलाई पत्रकारिता तथा सामाजिक अभियन्ता सम्मान, डी काष्ठमण्डप क्याफे बुकित विन्ताङलाई मौलिक नेपाली खाना सेवा सम्मानबाट सम्मानित गरियो । 

अवार्ड आयोजक तथा क्वालिटी फिल्मस् प्रा.लि.का अध्यक्ष उमेश गुरुङले नेपाली गीत सङ्गीत तथा चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रोत्साहन गर्न तेस्रो संस्करणको यो अवार्ड मलेसियामा आयोजना गरिएको बताए ।

कार्यक्रमकी नेपाल संयोजक सरिता भारतीको व्यवस्थापनमा भएको सो कार्यक्रमलाई विलक्षण क्रियसनले व्यवस्थापन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप