श्री एयरलाइन्सले आजदेखि सुरु गर्यो काठमाडौँ–सुर्खेत नियमित उडान
काठमाडौँ । निजी हवाई सेवा कम्पनीले श्री एयरलाइन्सले शुक्रबारदेखि काठमाडौँ–सुर्खेत नियमित उडान सुरु गरेको छ । एयरलाइन्सको क्यू ४००–८ जहाजले ७१ जना प्यासेन्जरसहित काठमाडौँबाट सुर्खेत पहिलो उडान भरेर नियमित उडानको सुरुवात गरेको हो ।
एयरलाइन्सको बिहान ७ः१५ उडान तालिका रहे पनि सुर्खेतको मौसमका कारण ढिला गरी १०ः२५ मा मात्र जहाज उडेको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले रातोपाटीलाई जानकारी दिए ।
लगत्तै उता सुर्खेतबाट जहाज ६४ जना यात्रु बोकेर ११ बजे काठमाडौँ उडेको थियो । जहाज ११ः४६ मा त्रिभुवन विमानस्थल अवतरण गरेको प्रवक्ता मानन्धरको भनाइ छ ।
श्री एयरलाइन्सले लामो परीक्षण पश्चात् गत हप्ता नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट काठमाडौँ–सुर्खेत उडानको अनुमति पाएको थियो । योसँगै एयरलाइन्सले अब दैनिक रूपमा काठमाडौँ–सुर्खेत उडान भर्ने जनाएको छ ।
यसले कर्णाली प्रदेशको यातायात सुविधामा थप सहजता प्रदान गर्ने कम्पनीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण