आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

श्री एयरलाइन्सले आजदेखि सुरु गर्‍यो काठमाडौँ–सुर्खेत नियमित उडान

शुक्रबार, १५ मङ्सिर २०८०, १२ : २४
शुक्रबार, १५ मङ्सिर २०८०

काठमाडौँ । निजी हवाई सेवा कम्पनीले श्री एयरलाइन्सले शुक्रबारदेखि काठमाडौँ–सुर्खेत नियमित उडान सुरु गरेको छ । एयरलाइन्सको क्यू ४००–८ जहाजले ७१ जना प्यासेन्जरसहित काठमाडौँबाट सुर्खेत पहिलो उडान भरेर नियमित उडानको सुरुवात गरेको हो । 

एयरलाइन्सको बिहान ७ः१५ उडान तालिका रहे पनि सुर्खेतको मौसमका कारण ढिला गरी १०ः२५ मा मात्र जहाज उडेको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले रातोपाटीलाई जानकारी दिए । 

लगत्तै उता सुर्खेतबाट जहाज ६४ जना यात्रु बोकेर ११ बजे काठमाडौँ उडेको थियो । जहाज ११ः४६ मा त्रिभुवन विमानस्थल अवतरण गरेको प्रवक्ता मानन्धरको भनाइ छ । 

श्री एयरलाइन्सले लामो परीक्षण पश्चात् गत हप्ता नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट काठमाडौँ–सुर्खेत उडानको अनुमति पाएको थियो । योसँगै एयरलाइन्सले अब दैनिक रूपमा काठमाडौँ–सुर्खेत उडान भर्ने जनाएको छ । 

यसले कर्णाली प्रदेशको यातायात सुविधामा थप सहजता प्रदान गर्ने कम्पनीले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप