सुरु भयो हिउँदे खेती : सरकारसँग कति छ रासायनिक मल मौज्दात ?
काठमाडौँ । किसानले वर्षे बाली भित्र्याएसँगै हिउँदे बाली लगाउने सिजन सुरु भएको छ । देशमा हिउँदे बालीका रूपमा मुख्यतया: गहुँ, मुसुरो, तेलहन बाली लगायतको खेती गरिन्छ । यी बालीका लागि एक लाख ७७ हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
जसअनुसार हाल ९३ हजार दुई सय ९५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको मन्त्रालयको भनाइ छ । अर्थात् ८४ हजार मेट्रिक टन रासायनिक मल हिउँदे बालीका लागि अझै अपुग भएको तथ्याङ्कले प्रष्ट्याएको छ ।
मन्त्रालयका अनुसार मौज्दात मलमध्ये ४६ हजार २९ मेट्रिक टन युरिया, ४५ हजार तीन सय ८२ मेट्रिक टन डीएपी र एक हजार आठ सय ८३ मेट्रिक टन पोटास मल मौज्दात छ । यस्तै कृषि सामाग्री कम्पनी लिमिटेडसँग ३८ हजार ३ सय ८८ मेट्रिक टन मौज्दात मल छ । यसमध्ये १५ हजार एक सय ३० मेट्रिक टन युरिया, २२ हजार १८ मेट्रिक टन डीएपी र एक हजार दुई सय ३९ मेट्रिक टन पोटास मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, साल्ट ट्रेडिङ कम्पनी लिमिटेडसँग ५४ हजार नौ सय सात मेट्रिक टन रासायनिक मल मौज्दात छ । साल्टसँग भएको मौज्दात मलमध्ये ३० हजार ८ सय ९८ मेट्रिक टन युरिया, २३ हजार तीन सय ६४ मेट्रिक टन डीएपी र ६ सय ४४ मेट्रिक टन पोटास मौज्दात छ ।
सरकारले मल अभाव नहुने बताउँदै आए पनि किसानले भने प्रायजसो मलको अभाव झेल्ने गरेका छन् । खेतीयोग्य ३० लाख ९१ हजार हेक्टर क्षेत्रफलमा वार्षिक १२ लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता पर्दछ । तर आपूर्ति भने अधिकतम ४ लाख मेट्रिक टनमात्रै हुँदै आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
-
महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका
-
बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण