वीर अस्पतालका निर्देशक डा पौडेल स्वास्थ्य मन्त्रालयमा तानिए
शुक्रबार, १५ मङ्सिर २०८०, १९ : १२
काठमाडौँ । वीर अस्पतालका निर्देशक डाक्टर सन्तोष पौडेल स्वास्थ्य मन्त्रालयमा तानिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले निर्देशक पौडेललाई मन्त्रालय तानेका हुन् ।
पूर्वस्वास्थ्य मन्त्री पदम गरीले वीर अस्पतालको निर्देशकमा नियुक्त गरेका पौडेललाई मन्त्री बस्नेतले मन्त्रालयमा ल्याएका छन् । स्वास्थ्य मन्त्री बस्नेतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र (वीर अस्पताल)मा उच्च तहको नेतृत्वमा कांग्रेस निकटका डाक्टर तथा स्वास्थ्य कर्मीहरूलाई नियुक्त गर्दै आएका छन् ।
निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै मन्त्रालयलाई पत्र पठाएपछि मन्त्री बस्नेतले पौडेललाई मन्त्रालय तानेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण