सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

हमासले बन्धक बनाएको छैटौँ इजरायलीको मृत्यु भएको पुष्टि

शनिबार, १६ मङ्सिर २०८०, ०९ : १४
शनिबार, १६ मङ्सिर २०८०

तेल अभिभ । हमासले बन्धक बनाएका ६ जना इजरायलीको मृत्यु भएको पुष्टि भएको छ । गाजामा बस्ने ७० वर्षीय ओफ्रा किदारको शुक्रबार मृत्यु भएको पुष्टि भएको हो । 

उनी गत अक्टोबर ७ मा बन्धक बनेकी थिइन् । त्यति बेला उनले आफ्नो परिवारलाई फोन पनि गर्न भ्याएकी थिइन् । उनले हमासका चरमपन्थीहरूले उनलाई गोली हान्न लागेकाो बताएकी थिइन्। 

उनको श्रीमान् सामीलाई पनि घरमा गोली लागेको थियो । उनकी छोरीले भने लुकेर ज्यान जोगाइन् । यसअघि बीबीसीले हमासले कब्जामा लिएका पाँच इजरायलीको मृत्यु भएको जानकारी दिएको थियो । जसमा २६ वर्षदेखि ८५ वर्षसम्मका व्यक्तिहरू थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप