कांग्रेस एक्लै चुनाव लड्न तयारी अवस्था रहनुपर्छ : शेखर कोइराला
बुटवल । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले पार्टीको महाअधिवेशन समयमा गर्न आग्रह गरेका छन् । लुम्बिनी प्रदेश नेपाली काँग्रेसको उद्घाटन सत्रमा बोल्दै नेता कोइराला पार्टीको महाधिवेशन समयमा सम्पन्न गरे पार्टीले आगामी चुनाव जित्ने ठोकुवा गरेका हुन् ।
उनले भने, ‘त्यो पार्टीको अधिवेशन हामीले गर्न सक्यौँ भने २०८४ निर्वाचन हामी जित्ने छौँ । आगामी चुनावमा नेपाली कांग्रेस एक्लै लड्न तयारी अवस्था रहनुपर्छ ।’
कांग्रेस वार्ड, गाउँ, नगर, प्रदेश हुँदै सङ्घसम्म चुनाव जित्नको लागि पार्टी एक ढिक्का भएर जानु पर्ने उनले बताए । उनले भने, ‘हामी एक ढिक्का भयो भने हामीले कसैको सहारा लिनुपर्दैन।’
त्यस्तै नेपाली कांग्रेसलाई संघीयता विरोधी भएको आरोप लगाउनेहरूलाई लुम्बिनी प्रदेशको प्रथम अधिवशेनबाट जवाफ दिएको बताए ।
फरक प्रसङ्गमा कोइरालाले व्यापारी, उद्योग, कर्मचारी र राजनीतिज्ञको मिलेमतोले भ्रष्टाचार भएको बताएका छन् । उनले बैंकहरूमा केही सीमित समूह हाबी रहेको बताए ।
सर्वसाधारणले लोन पाउन सकस,महँगो रहेको उल्लेख गर्दै यो देशमा सबै क्षेत्र बिगारेको अवस्थामा बैक मात्र फस्टाएको बताए । उनले भने, ’यो देशमा कुनै कुरा फस्टाएको छ भने त्यो बैंक मात्र हो । उनले अन्य देशमा बैंक र उद्योगपति अलग-अलग हुने पर्नेमा नेपालमा एउटा हुँदा समस्या आएको बताए । कृषिमा आधारित उद्योगहरू प्रोत्साहन गर्नु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण