शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको खोटाङ काठमाडौँ सम्पर्क समिति गठन

शनिबार, १६ मङ्सिर २०८०, १९ : ५२
शनिबार, १६ मङ्सिर २०८०

ललितपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको खोटाङ काठमाडौँ सम्पर्क समिति गठन भएको छ । ललितपुरको बालकुमारीमा शनिबार आयोजित भेलाले प्रीतिराज राईको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा कीर्तिमान मगर, पिके बाङदेल, नविन राई सचिवमा चन्द्रश्याम राई सहसचिव सुरेश राई , हर्कमनी, राई, शम्भु राना राई र कोषाध्यक्षमा पुष्पा राई चयन भएका छन् ।

 पार्टीका राजनीतिक समिति सदस्य एवम् केन्द्रीय सम्पर्क समितिका सह इन्चार्ज देवराज राई प्रमुख अतिथि रहेको कार्यक्रममा किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप