आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरी प्रहरीद्वारा ३० हजार गाँजाको बोट नष्ट

शनिबार, १६ मङ्सिर २०८०, २१ : ०९
शनिबार, १६ मङ्सिर २०८०

जनकपुरधाम । महोत्तरीमा प्रहरीले ३० हजार गाँजाको बोट नष्ट गरेको छ । प्रहरीले शनिबार दिउँसो १ बजेको समयमा महोत्तरीको एकडारा गाउँपालिका वडा नम्बर ३ अजमरपट्टी र वडा नम्बर ५ बहेरामा एक बिघा क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी निरीक्षक धर्मराज मुडभरीको कमान्डमा खटेको २५ जनाको टोली उक्त स्थानमा २० कट्ठा क्षेत्रफलमा अवैध रूपमा लगाएको गाँजाको बोट फडानी गरेको महोत्तरी प्रहरीका प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए । फडानी गरिएको गाँजा जलेश्वर नगरपालिका वडा नं. १ स्थित मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप नेपाल प्रा.लि.को कम्पाउन्डको खाली चौरमा नष्ट गरिएको डीएसपी गिरीले जनाएका छन् । 

जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार स्थानीय जनप्रतिनिधि लगायतको भद्र भलादमीको उपस्थितिमा नष्ट गरिएको छ । उक्त गाँजा खेती को–कसले लगाएको हो भन्ने विषयमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप