महोत्तरी प्रहरीद्वारा ३० हजार गाँजाको बोट नष्ट
जनकपुरधाम । महोत्तरीमा प्रहरीले ३० हजार गाँजाको बोट नष्ट गरेको छ । प्रहरीले शनिबार दिउँसो १ बजेको समयमा महोत्तरीको एकडारा गाउँपालिका वडा नम्बर ३ अजमरपट्टी र वडा नम्बर ५ बहेरामा एक बिघा क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी निरीक्षक धर्मराज मुडभरीको कमान्डमा खटेको २५ जनाको टोली उक्त स्थानमा २० कट्ठा क्षेत्रफलमा अवैध रूपमा लगाएको गाँजाको बोट फडानी गरेको महोत्तरी प्रहरीका प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए । फडानी गरिएको गाँजा जलेश्वर नगरपालिका वडा नं. १ स्थित मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप नेपाल प्रा.लि.को कम्पाउन्डको खाली चौरमा नष्ट गरिएको डीएसपी गिरीले जनाएका छन् ।
जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार स्थानीय जनप्रतिनिधि लगायतको भद्र भलादमीको उपस्थितिमा नष्ट गरिएको छ । उक्त गाँजा खेती को–कसले लगाएको हो भन्ने विषयमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण