रोमाञ्चक खेलमा मोन्जालाई हराउँदै युभेन्टस शीर्ष स्थानमा
शनिबार, १६ मङ्सिर २०८०, २२ : १४
टुरिन । इन्जुरी समयमा गोल गर्दै युभेन्टसले मोन्जालाई हराएर इटालियन सिरिए ए को शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा युभेन्टस २–१ गोलले विजयी बनेको हो ।
युभेन्टसका लागि डुसान भ्लाहोविच खेलको सुरुवातमा पेनाल्टीमा चुके पनि लगत्तै एड्रियन राबियोटले गोल गर्दै अग्रता दिलाएका थिए । टोली जीततर्फ अघि बढिरहँदा इन्जुरी समयको पहिलो मिनेटमा भ्यालेन्टिन कारबोनीले गोल गर्दै मोन्जालाई खेलमा फर्काएका थिए ।
खेल बराबरीतर्फ अघि बढिरहँदा ९४ औँ मिनेटमा फेडेरिको गाटीले गोल गर्दै युभेन्टसलाई रोमाञ्चक जीत दिलाए । जीतपछि १४ खेलबाट ३३ अङ्क बटुल्दै टोली लिगको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको इन्टर मिलान ३२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण