शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

रोमाञ्चक खेलमा मोन्जालाई हराउँदै युभेन्टस शीर्ष स्थानमा

शनिबार, १६ मङ्सिर २०८०, २२ : १४
शनिबार, १६ मङ्सिर २०८०

टुरिन । इन्जुरी समयमा गोल गर्दै युभेन्टसले मोन्जालाई हराएर इटालियन सिरिए ए को शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा युभेन्टस २–१ गोलले विजयी बनेको हो ।

युभेन्टसका लागि डुसान भ्लाहोविच खेलको सुरुवातमा पेनाल्टीमा चुके पनि लगत्तै एड्रियन राबियोटले गोल गर्दै अग्रता दिलाएका थिए । टोली जीततर्फ अघि बढिरहँदा इन्जुरी समयको पहिलो मिनेटमा भ्यालेन्टिन कारबोनीले गोल गर्दै मोन्जालाई खेलमा फर्काएका थिए । 

खेल बराबरीतर्फ अघि बढिरहँदा ९४ औँ मिनेटमा फेडेरिको गाटीले गोल गर्दै युभेन्टसलाई रोमाञ्चक जीत दिलाए । जीतपछि १४ खेलबाट ३३ अङ्क बटुल्दै टोली लिगको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको इन्टर मिलान ३२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप