बुलबुल निर्देशकले अमेरिकामा ‘भूठान’बनाउने
काठमाडौँ । सन् २०१९ मा पहिलो चलचित्र बुलबुल निर्देशन गरेर ९२ औँ अस्कर अवार्डमा नेपालको तर्फबाट मनोनीत एवं नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलले नयाँ चलचित्रको पोस्टर र नाम सार्वजनिक गरेका छन् ।
नेपालीमा ‘भूठान’ र अंग्रेजीमा‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा सर्वाधिक लोकप्रिय कलाकार हरिवंश आचार्य साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजाचन्द, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन तथा विमल सुवेदी अनुवन्धित भएका छन् ।
यो चलचित्रमा हलिउडका एक नामुद कलाकारलाई पनि अनुवन्ध गर्न लागिएको छ तर हलिउडमा चलिरहेको फिल्मकर्मीहरुको आन्दोलन भर्खरै मात्र सकिएकोले केही समयमा टुङ्गो लाग्ने निर्मातामध्येका एक राजेन्द्र ठकुराठीले बताए । राजेन्द्र ठकुराठी हलिउड सिनेमाका एक प्रख्यात नाम हुन् । उनले ५० भन्दा बढी हलिउडका चलचित्रमा सहकार्य गरिसकेका छन् ।
भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा ाबसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र जीवनयात्राको कथा समेटेर बन्न लागेको यस चलचित्र भूठान सन् २०१९ मा वुसान फिल्म फेस्टिबलको स्कृप्ट पिचिङ्गमा समेत छानिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण