आर्सनललाई शीर्ष स्थानमा चार अङ्कको अग्रता
लण्डन । वूल्भरह्याम्पटन वान्डरर्सलाई हराउँदै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा चार अङ्कको अग्रता बनाएको छ । शनिबार भएको खेलमा आर्सनल २–१ गोलले विजयी बनेको हो ।
टोलीले खेलको छैटौँ मिनेटमा नै बुकायो साकाको गोलमा अग्रता बनाएको थियो । ७ मिनेटपछि कप्तान मार्टिन ओडेगार्डले ओलेक्सान्डर जिनचेन्कोको पासमा टोलीको अग्रता दोब्बर बनाए ।
तेस्रो गोलको खोजीमा रहेको आर्सनलका लागि ग्याब्रिएल मार्टिनेली, लियान्ड्रो ट्रोसार्ड र ग्याब्रियल जिसुसले प्रयास गरे पनि असफल बनेका थिए । वूल्भ्सले दोस्रो हाफमा आफ्नो खेल सुधार गरेको थियो ।
खेलको ८६ औँ मिनेटमा माथेयस कुन्हाले टोलीका लागि एक गोल पनि फर्काए पनि त्यति बेलासम्म धेरै ढिला भइसकेको थियो ।
१४ खेलबाट आर्सनलको ३३ अङ्क रहेको छ । एक खेल कम खेलेको सिटी २९ अङ्कसहित लिगको दोस्रो स्थानमा छ । वूल्भ्स भने १५ अङ्क बटुल्दै लिगको १३ औँ स्थानमा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
आठ हजार मेट्रिकटन मल बिक्री
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण