सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
न्यायालय

सोती घटना : आजदेखि जिल्ला अदालतमा निरन्तर सुनुवाइ

आइतबार, १७ मङ्सिर २०८०, १२ : २२
आइतबार, १७ मङ्सिर २०८०

काठमाडौँ । रुकुम पश्चिमको सोती गाउँमा ६ जनाको हत्या भएको घटनामा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु भएको छ । जिल्ला अदालतमा सुनुवाइ सुरु भएको रुकुम पश्चिम जिल्ला अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले रातोपाटीलाई बताए ।

फैसला केन्द्रित सुनुवाइको पहिलो दिन सरकारी वकिलले बहस सुरु गरेका छन् । न्यायाधीश खड्क बहादुर के.सी. को इजलासमा जाहेरवालाको तर्फबाट सरकारी वकिलले बहस थालेका हुन् । प्रतिवादीका तर्फबाट बहसका लागी ९ जना कानुन व्यवसायी अदालतमा पुगेका छन् । सरकारी वकिलको बहस पुरा भएपछि प्रतिवादीका कानुन व्यवसायीले जवाफ दिने अदालतका सूचना अधिकारी कोइरालाले जानकारी दिए ।

१० जेठ २०७७ मा पश्चिम रुकुमको सोती गाउँमा अन्तरजातीय विवाहको विषयमा विवाद हुँदा नवराज विकसहित ६ जनाको हत्या भएको थियो । जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विक साथीहरू सहित पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी आफ्नी प्रेमीका मल्ल थरकी युवतीसँग विवाहको कुरा गर्न सोती गाउँका पुगेका थिए ।

ठकुरी र दलित समुदायको बिचमा विवाह गर्नेबारे विवाद हुँदा गाउँलेहरू मिलेर नवराज र उनका साथीहरूलाई लखेटेर हत्या गरेका हुन् । ६ जनाको शव भेरी नदीमा फेला परेको थियो । अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले ३४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । घटनामा संलग्न २३ जना प्रतिवादी थुनामा छन् । प्रतिवादी मध्ये दुई जना नाबालक छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप