सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई न्यानो कपडा
रुकुम पश्चिम । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पले असर पुर्याएको क्षेत्रमा खटिएका रुकुम पश्चिमका पत्रकारलाई सहयोग उपलब्ध गरेकी छन् । रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयमा आज आयोजित कार्यक्रममा उनले पत्रकार महासङ्घका अध्यक्ष लक्ष्मण केसीलाई भूकम्प पीडित क्षेत्रका ३० पत्रकारका लागि राहतस्वरुप ३० थान स्लिपिङ ब्याग र ३० थान ज्याकेट हस्तान्तरण गरेकी हुन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, उपाध्यक्ष उदय जिएमलगायतको उपस्थिति थियो । भूकम्पबाट पीडित व्यक्ति र भूकम्पले क्षति पुर्याएको स्थलमा समाचार सङ्कलन गर्दै आएका पत्रकारलाई चिसोको समयमा राहत पुगोस् भनेर न्यानो कपडा हस्तान्तरण गरिएको मन्त्री शर्माले जानकारी दिए ।
ती सामाग्री सम्बन्धित क्षेत्रमा खटिएका पत्रकारलाई आजै वितरण गरिएको पत्रकार महासङ्घका जिल्ला अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।
चिसोको समयमा पत्रकारका लागि न्यानो कपडा उपलब्ध गराउनाका साथै जिल्लामै आएर मोफसलका पत्रकारलाई भेटघाट गरी हौसला बढाउँदा आफूहरूको मनोबल बढेको उनको भनाइ थियो ।
हिजो सल्यान जिल्लाको विभिन्न ठाउँमा भूकम्पपीडितसँग भेटघाट गर्नुभएकी मन्त्री शर्मा आज रुकुम पश्चिम र जाजरकोटका भूकम्प पीडित क्षेत्रमा पुग्ने कार्यक्रम रहेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण