कविताः सरस जीवन मान्छेलाई दिने
अक्षर हुँदै शब्दमा पुग्ने,
शब्दबाट वाक्यमा पुग्ने ।
रोकिने छैनौ कहिले पनि
जानु छ टाढा काव्यमा पुग्ने ।।
गरिब हामी छैनौँ कहिले,
पढ्नका लागि अघि छौँ जहिले ।
बाटोमा पनि अक्षर देख्छु
सँगसँगै हिँड्दा गीत पनि लेख्छु ।।
बाटो हाम्रो जिन्दगी लेख्ने,
प्रकृति जोगाई रमाई हिँड्ने ।
विद्यार्थी जीवन सबैले चिनून्,
पढ्नका लागि बुढा नहोऊन् ।।
हामीले लेख्ने हामी नै हो नि,
संसारका सबै सभ्यता पढ्छौँ ।
चुनौती हाम्रो हामी नै हो नि
ढोँगी नबनी बढ्दछौँ अघि ।।
सङ्घर्ष हाम्रो हाम्रै लागि,
बचाउने हो नि सबैका लागि ।
शिक्षा हाम्रो सबैका लागि हुने,
ढोँग र आडम्बरी कहिले नहुने ।।
कहिले पनि दृश्य न हूँ म,
सबैका लागि समान बनूँ म ।
ती शब्द बनाऊ हे मेरा साथी,
बाँच्नु छ हामी सबै नै मिली ।।
गीता, कुरान, बाइबल सबै
अक्षर, शब्द, बाक्य हुन् साथी ।
पूर्वको बाटो पश्चिम पुग्ने
सरस जीवन मान्छेलाई दिने ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण