सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

कविताः सरस जीवन मान्छेलाई दिने

आइतबार, १७ मङ्सिर २०८०, १५ : ४७
आइतबार, १७ मङ्सिर २०८०

अक्षर हुँदै शब्दमा पुग्ने,
शब्दबाट वाक्यमा पुग्ने ।
रोकिने छैनौ कहिले पनि
जानु छ टाढा काव्यमा पुग्ने ।।

गरिब हामी छैनौँ कहिले,
पढ्नका लागि अघि छौँ जहिले ।
बाटोमा पनि अक्षर देख्छु
सँगसँगै हिँड्दा गीत पनि लेख्छु ।।

बाटो हाम्रो जिन्दगी लेख्ने,
प्रकृति जोगाई रमाई हिँड्ने ।
विद्यार्थी जीवन सबैले चिनून्,
पढ्नका लागि बुढा नहोऊन् ।।

हामीले लेख्ने हामी नै हो नि,
संसारका सबै सभ्यता पढ्छौँ ।
चुनौती हाम्रो हामी नै हो नि
ढोँगी नबनी बढ्दछौँ अघि ।।
सङ्घर्ष हाम्रो हाम्रै लागि,
बचाउने हो नि सबैका लागि ।
शिक्षा हाम्रो सबैका लागि हुने,
ढोँग र आडम्बरी कहिले नहुने ।।

कहिले पनि दृश्य न हूँ म,
सबैका लागि समान बनूँ म ।
ती शब्द बनाऊ हे मेरा साथी,
बाँच्नु छ हामी सबै नै मिली ।।
 
गीता, कुरान, बाइबल सबै
अक्षर, शब्द, बाक्य हुन् साथी ।
पूर्वको बाटो पश्चिम पुग्ने
सरस जीवन मान्छेलाई दिने ।।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप