अस्ट्रेलियालाई ६ रनले हराउँदै भारतलाई शृङ्खला
बेंगलुरु । रोमाञ्चक बनेको पाँचौं टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ६ रनले पराजित गरेको छ । बेंगलुरुमा भएको खेलमा भारतका अर्शदीप सिंहले अन्तिम ६ बलमा १० रन रक्षा गरे । उनले पहिलो ३ बलमा कुनै रन दिएनन् भने कप्तान म्याथ्यु वेडको विकेट पनि लिए ।
अस्ट्रेलियाले अन्तिम ओभरमा ३ रन मात्र बनाउन सक्यो र खेल हार्न पुग्यो । पाँचौँ टी-२० मा जितसँगै भारतले सिरिज ४–१ ले जितेको छ ।
चिन्नास्वामी रंगशालामा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको टीम इन्डियाले २० ओभरमा १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा अस्ट्रेलियाले ८ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो ।
अस्ट्रेलियाका लागि बेन म्याक डरमोटले सर्वाधिक ५४ रन बनाए । त्यस्तै, ट्राभिस हेडले २८ तथा कप्तान म्याथ्यु वेडले २२ रन बनाए । भारतका लागि मुकेश कुमारले ३ तथा अर्शदीप सिंह र रवि विस्नोईले २–२ विकेट लिए ।
यसअघि श्रेयर ऐयरको अर्धशतकको मद्दतले भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन बनाएको थियो । ऐयरले ३७ बलमा ५३ रन बनाए ।
त्यस्तै, अक्षर पटेलले ३१ तथा जितेश शर्माले २४ रन हिर्काएका थिए । अस्ट्रेलियाका लागि जेसन बेरेन्डर्फ र बेन ड्वारसिउसले २–२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण