नेपाल क्लियरिङ्ग हाउसले बोनस सेयर र नगद लाभांश वितरण गर्ने
काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभाले बोनस सेयर र नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैठकले २८.५% बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका निम्ति १.५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यस पश्चात् एनसीएचएलको चुक्ता पुँजी रु. १ अर्ब ६६ लाख ३७ हजार ९०० बराबरको हुनेछ साथै बैठकले अधिकृत पुँजी वृद्धि गरी रु २ अर्ब पुर्याउन स्वीकृत गरेको छ । कम्पनीले पुँजी वृद्धि मार्फत नेशनल पेमेन्ट स्वीचमा लगानी गर्नका साथै नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने र जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनका लागि उक्त पुँजी प्रयोग गर्नेछ ।
साधारण सभाको बैठकले कम्पनीको शेयर स्वामित्व संरचनामा साबिकझैँ नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरू मात्र कायम रहने गरी गाभ्न–गाभिन वा प्राप्त गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । त्यस्तै एनसीएचएलले वित्तीय तथा भुक्तानी सम्बन्धी प्रविधिमा अनुसन्धान लगायत प्रविधि र सफ्टवेयरको विकास समेत गर्ने उद्देश्य सहित कम्पनीको सहायक कम्पनीको रूपमा छुट्टै पब्लिक लिमिटेड कम्पनी खोल्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गर्नेछ ।
आ.व. २०७९/८० मा कम्पनीबाट फर्छ्यौट भएका कारोबारहरूको सङ्ख्या १६% ले वृद्धि भएसँगै कम्पनीको खुद नाफा ६% ले वृद्धि भएको छ । सो आर्थिक वर्षमा एनसीएचएलको भुक्तानी प्रणालीहरू मार्फत कुल १४१ खर्ब बराबरको ८.१९ करोड भुक्तानी कारोबारहरू राफसाफ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण