शौचालय निर्माणका लागि छुट्याएको ५ करोड कटौती गरिने
विराटनगर । शौचालय निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्याएको ५ करोड बजेट कटौती गरिने भएको छ । उक्त रकम पर्यटन प्रवर्द्धनका लागि इलामकै सोही क्षेत्रमा लगानी गर्ने कोशी प्रदेश वन, पर्यटन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ले जनाएका छन् ।
मन्त्रालयको जिम्मेवारी पाएलगत्तै आइतबार पद बहाली गर्दै मन्त्री उप्रेतीले शौचालय बनाउन छुट्याएको ५ करोड रकममध्ये ५० लाख सोही प्रयोजनमा खर्च गर्ने र बाँकी रहेको पैसा इलामकै पर्यटकीय क्षेत्रमा लगानी गर्ने बताएका हुन् ।
प्रदेशका मन्त्री शम्शेर राईको निर्वाचन क्षेत्रमा पर्ने श्रीअन्तुमा शौचालय निर्माण गर्ने भन्दै प्रदेशको बजेटसम्बन्धी रातो किताबमा ५ करोड रुपैयाँ छुट्याइएको थियो । उक्त विषयमा सरकारको चर्को आलोचना हुँदै आएको छ ।
‘मुख्यमन्त्रीसँगको छलफलमा पनि सो रकमलाई कटौती गर्ने र पर्यटन प्रवर्द्धनमा लगाउने कुरा भएको छ । अब त्यही अनुसार प्रदेश सरकार अगाडि बढ्छ,’ मन्त्री उप्रेतीले भने ।
यसैबिच मन्त्री उप्रेतीले पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीको निर्वाचन क्षेत्रमा पर्ने गौरादहको पोखरी निर्माणका लागि भएको खर्चको पनि छानबिन गरिने बताए । उक्त पोखरी निर्माणका लागि भन्दै यस वर्ष पुनः ४ करोड रुपैयाँ छुट्याइएको छ । सो पोखरी निर्माणका नाममा लामो समयदेखि बजेट छुट्याइए पनि काम नभएको भन्दै आलोचना भइरहेको छ ।
‘पोखरी निर्माणको विषयमा पनि विभिन्न कुरा उठेको छ । कति बजेट छुट्याइएको थियो । कति बजेट खर्च भयो र सही ढङ्गले काम भयो भएन भन्ने विषयमा मुख्यमन्त्रीसँग आवश्यक सल्लाह गरेर छानबिन गर्ने गरी अगाडि बढ्छु,’ उप्रेतीले भने ।
पूर्वमुख्यमन्त्री कार्कीको घरछेउमा रहेको उक्त पोखरीमा केही वर्ष यता बर्सेनि करोडभन्दा बढी बजेट विनियोजन भइरहेको छ । सो पोखरीमा प्रदेश सरकार गठन हुनुभन्दा अगाडि नगरपालिका, स्थानीय विकास मन्त्रालय र पर्यटन मन्त्रालयबाट पनि करोडौँ बजेट लगानी भएको जनाइएको छ ।
यसैबिच मन्त्री उप्रेतीले आफ्नो कार्यभार सम्हाल्दै प्रदेशको वन ऐनलाई तत्काल संशोधन गरेर लागू गर्ने निर्णय गरेका छन् । गत कार्तिक १७ गते मन्त्री नियुक्त भए पनि उनको विभाग आइतबारमात्र तोकिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण