सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रीय बैंकले ७ अर्ब रुपैयाँ बराबरको ८ वर्षे विकास ऋणपत्र जारी गर्ने

सोमबार, १८ मङ्सिर २०८०, १० : ५८
सोमबार, १८ मङ्सिर २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ८ वर्ष अवधिको विकास ऋणपत्र २०८८ ‘च’ जारी गर्ने भएको हो ।

सोमबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले उक्त विकास ऋणपत्रको मंसिर १९ गते बोलकबोल हुने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले मंसिर १९ गते दिउँसो २ बजेसम्ममा आवेदन दिन सक्नेछन् । 

विकास ऋणपत्रको निष्काशन भने मंसिर २० गते हुनेछ । 

कूल निष्काशित विकास ऋणपत्रमध्ये ८५ प्रतिशत अर्थात् ५ अर्ब ९५ करोड रुपैयाँ प्रतिस्पर्धात्मक र १५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रुपैयाँ विनाप्रतिस्पधात्मक प्रणालीमार्फत बिक्री गरिने केन्द्रीय बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप