केन्द्रीय बैंकले ७ अर्ब रुपैयाँ बराबरको ८ वर्षे विकास ऋणपत्र जारी गर्ने
सोमबार, १८ मङ्सिर २०८०, १० : ५८
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ८ वर्ष अवधिको विकास ऋणपत्र २०८८ ‘च’ जारी गर्ने भएको हो ।
सोमबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले उक्त विकास ऋणपत्रको मंसिर १९ गते बोलकबोल हुने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले मंसिर १९ गते दिउँसो २ बजेसम्ममा आवेदन दिन सक्नेछन् ।
विकास ऋणपत्रको निष्काशन भने मंसिर २० गते हुनेछ ।
कूल निष्काशित विकास ऋणपत्रमध्ये ८५ प्रतिशत अर्थात् ५ अर्ब ९५ करोड रुपैयाँ प्रतिस्पर्धात्मक र १५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रुपैयाँ विनाप्रतिस्पधात्मक प्रणालीमार्फत बिक्री गरिने केन्द्रीय बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण