बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माण व्यवसायी विकास परिषदद्वारा भूकम्प प्रभावितलाई ३० लाख सहयोग

सोमबार, १८ मङ्सिर २०८०, १४ : २८
सोमबार, १८ मङ्सिर २०८०

काठमाडौँ । निर्माण व्यवसायी विकास परिषद्ले भूकम्प प्रभावितलाई ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले राहत, पुनर्निर्माण र शैक्षिक सामग्रीका लागि ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको हो । 

मन्त्रालयका सहसचिव रघुराम विष्टका अनुसार ‘राहत र पुर्ननिर्माणका’ लागि २५ लाख र विद्यालयमा शैक्षिक सामग्रीका लागि ५ लाख दिने निर्णय भएको । भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यान पुगेर फर्केलगत्तै मन्त्री ज्वालाले परिषद्को बैठक बोलाएका थिए । चिसो मौसमका कारण भूकम्प प्रभावित क्षेत्रको जनजीवन कष्टकर बन्दै गएपछि मन्त्री ज्वालाले राहत र पुनर्स्थापनामा जोड दिएका हुन् । ज्वालाले डेढ महिनाको पारिश्रमिक दिने यसअघि नै घोषणा गरिसकेका छन् । मन्त्रालयका सचिव र सहसचिवले तीन दिन, उपसचिव र अधिकृतले दुई दिनको तलब भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय यसअघि नै गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप