निर्माण व्यवसायी विकास परिषदद्वारा भूकम्प प्रभावितलाई ३० लाख सहयोग
काठमाडौँ । निर्माण व्यवसायी विकास परिषद्ले भूकम्प प्रभावितलाई ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले राहत, पुनर्निर्माण र शैक्षिक सामग्रीका लागि ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका सहसचिव रघुराम विष्टका अनुसार ‘राहत र पुर्ननिर्माणका’ लागि २५ लाख र विद्यालयमा शैक्षिक सामग्रीका लागि ५ लाख दिने निर्णय भएको । भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यान पुगेर फर्केलगत्तै मन्त्री ज्वालाले परिषद्को बैठक बोलाएका थिए । चिसो मौसमका कारण भूकम्प प्रभावित क्षेत्रको जनजीवन कष्टकर बन्दै गएपछि मन्त्री ज्वालाले राहत र पुनर्स्थापनामा जोड दिएका हुन् । ज्वालाले डेढ महिनाको पारिश्रमिक दिने यसअघि नै घोषणा गरिसकेका छन् । मन्त्रालयका सचिव र सहसचिवले तीन दिन, उपसचिव र अधिकृतले दुई दिनको तलब भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय यसअघि नै गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण