आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोसद्वारा सम्मान

सोमबार, १८ मङ्सिर २०८०, १६ : १०
सोमबार, १८ मङ्सिर २०८०

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषद्वारा सम्मान गरेको छ । उक्त सम्मान सहरी विकास मन्त्री सीता गुरुङद्वारा हस्तान्तरण गरिएको थियो ।

गत वैशाखमा सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलाई रु ५ लाख रकम सहयोग गरेको थियो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपाङ्ग कोषसँग सहकार्य गरी वैदेशिक रोजगारीका क्रममा  अपाङ्गता भएकाहरूलाई सेवा पुर्‍याउने उद्देश्यले राष्ट्रिय अपाङ्ग कोषलाई  उक्त रकम सहयोग गरेको थियो ।  

राष्ट्रिय अपाङ्ग कोषले वार्षिक  १५०० अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोग सामाग्री तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरीय फिजियोथेरापी, अकुपेशनल र परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समाजमा सकारात्मक परिवर्तन ल्याउने हेतुले सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै संघ संस्थाहरूलाई सहयोग प्रदान  गर्दै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप