शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कोदोजन्य बालीको बृहत् प्रदर्शनी हुने

सोमबार, १८ मङ्सिर २०८०, १८ : ५०
सोमबार, १८ मङ्सिर २०८०

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफएओ) नेपालले संयुक्त रूपमा बृहत् कोदो प्रदर्शनी हुने भएको छ । 

अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३ को सन्दर्भमा पुस २ गते बृहत् कोदोजन्य बालीसम्बन्धी प्रदर्शनी हुने एफएओको सूचनामा उल्लेख छ । प्रदर्शनीमा कोदोजन्य बालीका बिउ, जात, ज्ञान, प्रविधि, सिप, परिकार, यन्त्र उपकरण आदिको प्रदर्शन हुनेछ । 

प्रदर्शनी गर्न इच्छुक कृषक समूह तथा सहकारी, संघ संस्था, कम्पनीलाई आफूले प्रदर्शन गर्न चाहेको क्षेत्रको संक्षिप्त विवरणसहित सम्पर्क गर्न एफएओ नेपालले आह्वान गरेको छ । 

संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरे अनुसार नेपालले गत पुस १७ गते सो कार्यक्रमको शुभारम्भ गरेको थियो । 

‘खाद्य पोषण सुरक्षा र वातावरण तथा ग्रामीण रूपान्तरणको कोदोजन्य बाली’ मूल नाराका साथ नेपालमा वर्षभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

सरकारी निकाय तथा विभिन्न संघ संस्थाको सहकार्यमा वर्षभरि विभिन्न कार्यक्रम गरी कोदोजन्य वर्ष मनाएको हो । कोदोजन्य वर्षको अन्तिममा यो प्रदर्शनी गर्न लागिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप