आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलङ्कामा लघुवित्त संस्थालाई नियमन गर्न नयाँ कानुनको प्रस्ताव

सोमबार, १८ मङ्सिर २०८०, २१ : ४८
सोमबार, १८ मङ्सिर २०८०

कोलम्बो । श्रीलङ्काका न्याय, कारागार मामिला तथा संवैधानिक सुधारमन्त्री विजयदासा राजपाक्षेले देशमा लघुवित्त संस्थाहरूलाई नियमन गर्न नयाँ विधायिकी ढाँचा लागू गर्ने योजना सोमबार सार्वजनिक गरेका छन् ।

उनले ठुलो सङ्ख्यामा लघुवित्त संस्था दर्ता नै नगरी सञ्चालन भइरहेको र लघुवित्त संस्थाहरूको अनियमित विस्तार हुनु गम्भीर चिन्ताको विषय भएको बताए । 

राजपाक्षेले लघुवित्त संस्थाहरूको सुपरिवेक्षण र सञ्चालनका लागि केन्द्रीय बैंकबाट अलग्गै एक समर्पित नियामक निकायको स्थापना गर्न आवश्यक रहेको बताए ।

यी निकायलाई नियमन गर्न चाँडै नै विस्तृत कानुन ल्याइनेछ ।-(रासस/सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप