‘पानी ट्याङ्की’ युवा समूहको देउसी–भैलोको रकम जाजरकोटका भूकम्पपीडितलाई
मङ्गलबार, १९ मङ्सिर २०८०, ११ : ४९
काठमाडौँ । काठमाडौँको बौद्ध–महांकालमा रहेको पानी ट्याङ्की युवा समूहले तिहारमा खेलेको देउसी भैलोबाट सङ्कलन भएको रकम जाजरकोटका भूकम्प प्रभावितलाई भोजन सेवामा खर्च गरेको छ ।
जाजरकोट सदरमुकाम खलंगाबाट २ किलोमिटर दुरीमा रहेको तल्लो थाप्ले गाउँका ३५० जनालाई बिहान बेलुका दुई छाक खानाको व्यवस्थापन गरेको समूहका अध्यक्ष उमेश सापकोटाले जानकारी दिए ।
यसका साथै समूहको तर्फबाट भूकम्प पीडितहरूलाई ब्ल्याङकेट र न्यानो कपडाहरू सहयोग गरिएको उनले बताए ।
तिहारमा देउसी भैलो खेलेको रकमका साथै बौद्ध–महांकालका टोल बासी तथा देश विदेशमा रहेका साथीभाइहरुको सहयोगबाट जाजरकोट पुगेर भूकम्प प्रभावितहरूलाई सहयोग गरेको सापकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण