शौर्य सिमेन्ट उद्योगद्वारा क्लिङ्कर भारततर्फ निर्यात
मङ्गलबार, १९ मङ्सिर २०८०, १३ : ०६
काठमाडौँ । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादनलाई छिमेकी राष्ट्र भारततर्फ निर्यात सुरु गरेको छ । शौर्य सिमेन्टका प्लान्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काद्वारा संयुक्त रूपमा रिवन काटी निर्यातको सुरुवात गरेका हुन् ।
उदयपुरको चुनढुङ्गाबाट उत्पादन गरिएको यस क्लिङ्कर तथा सिमेन्टमा न्यून एमजीओ तथा उच्चस्तरिय चुनढुङ्गा सम्मिश्रण रहेकाले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परीक्षणबाट स्वीकृति भई निर्यात गर्न सफल भएको कम्पनीको भनाई छ ।
माघ २०७८ बाट व्यावसायिक उत्पादन सुरुवात गरेको यस उद्योगको क्षमता ३००० मे.ट. क्षमता रहेको छ । व्यावसायिक घराना शङ्कर ग्रुप, गोल्छा ग्रुप तथा अम्बे ग्रुपको संयुक्त लगानीमा सिराहामा यो उद्योग सुरुवात गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण