बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

शौर्य सिमेन्ट उद्योगद्वारा क्लिङ्कर भारततर्फ निर्यात

मङ्गलबार, १९ मङ्सिर २०८०, १३ : ०६
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादनलाई छिमेकी राष्ट्र भारततर्फ निर्यात सुरु गरेको छ । शौर्य सिमेन्टका प्लान्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काद्वारा संयुक्त रूपमा रिवन काटी निर्यातको सुरुवात गरेका हुन् । 

उदयपुरको चुनढुङ्गाबाट उत्पादन गरिएको यस क्लिङ्कर तथा सिमेन्टमा न्यून एमजीओ तथा उच्चस्तरिय चुनढुङ्गा सम्मिश्रण रहेकाले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परीक्षणबाट स्वीकृति भई निर्यात गर्न सफल भएको कम्पनीको भनाई छ ।

माघ २०७८ बाट व्यावसायिक उत्पादन सुरुवात गरेको यस उद्योगको क्षमता ३००० मे.ट. क्षमता रहेको छ । व्यावसायिक घराना शङ्कर ग्रुप, गोल्छा ग्रुप तथा अम्बे ग्रुपको संयुक्त लगानीमा सिराहामा यो उद्योग सुरुवात गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप